आरएसडिसी लघुवित्तको वित्तिय विवरण सार्वजानिक

विहीबार, ०५ माघ २०७९, ११ : २६

काठमाडौँ - आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजानिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा सन्तोषजनक बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६२.३३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६२.८८ प्रतिशतले बढेर ११ करोड ३४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ९६ लाख ४८ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुगेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियों) ३०.९७ गुणा रहेको छ ।


 

विहीबार, ०५ माघ २०७९, ११ : २६

प्रतिक्रिया