फर्स्ट माइक्रोफाइनान्सले सार्वजनिक गर्‍यो  वित्तीय विवरण

विहीबार, ०५ माघ २०७९, १३ : ०८

काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७९ र ८० को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ३८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४४ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ ।

चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत र सञ्चालन नाफा ३८ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा २१.६६ रुपैयाँ रहेकोमा चालू आवमा बढेर २५.१८ रुपैयाँ पुगेको हो । त्यस्तै चालू आवमा कम्पनीको वितरणयोग्य नाफा ९ करोड ८६ लाख रुपैयाँ रहेको छ । 

१९ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड रुपैयाँ पुगेको हो । त्यस्तै कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा २३ करोड ९७ लाख रुपैयाँ र रिटेण्ड अर्निङमा १४ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले  ८ अर्ब ७३ करोड ७३ लाख रुपैयाँ सापटी लिएर १० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको मूल्य आम्दानी अनुपात २६.९३ गुणा, तरलता अनुपात २.३७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३३.२७ रुपैयाँ छ ।

विहीबार, ०५ माघ २०७९, १३ : ०८

प्रतिक्रिया