स्वावलम्वन लघुवित्तको १ लाख ५९ हजार कित्ता शेयर लिलामीमा

विहीबार, ०५ माघ २०७९, १३ : ४२

काठमाडौं-  नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्वन लघुवित्तको १ लाख ५९ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । 

संस्थाले यहि माघ १० गतेदेखि २४ गतेसम्ममा आवेदन दिन पाउने गरी न्युनतम मुल्य ५ सय ५५ रुपैयाँका दरले बोलकबोलबाट बिक्रीमा ल्याएको हो ।

शेयर खरिद इच्छुक आवेदकले न्युनतम १ हजार कित्ता वा सो भन्दा बढी कित्ताको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा माघ २४ गते सम्म आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई पटक पटक लिलामको सूचना प्रकाशित गरिएको हुदा संस्थापक शेयरधनीहरुलाई छुटै ३५ दिने सूचना प्रकाशित नगरिएको जनाएको छ ।

विहीबार, ०५ माघ २०७९, १३ : ४२

प्रतिक्रिया