सिन्धु विकास बैंकले डाक्यो वार्षिक साधारणसभा

शुक्रबार, ०६ माघ २०७९, १० : ४४

काठमाण्डौँ - सिन्धु विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंक सञ्चालक समितिको बिहीबार (माघ ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटेल सारथीमा बिहान ९ बजेदेखि हुने भएको छ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने छ। 

सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन पनि गर्ने जनाएको छ। 

आर्थिक वर्ष २०७८–७९ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि सभाले छलफल गरी स्वीकृत गर्ने छ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ १५ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको सभामा सहभागी हुन पाउने छन्। 

 

शुक्रबार, ०६ माघ २०७९, १० : ४४

प्रतिक्रिया