राष्ट्र बैंकद्धारा रु. १०.६ अर्बको ट्रेजरी बिल निष्कासन गरिदै

शुक्रबार, ०६ माघ २०७९, १३ : ०३

काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले यही माघ ९ गते (मंगलबार) अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले माघ १० गते जारी हुने ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आउँदो मंगलबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब रु पैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख १२ गते र २०८० माघ ९ गते परिपक्व हुनेछन्। 

यी ट्रेजरी बिलको आउँदो मंगलबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुने छ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

शुक्रबार, ०६ माघ २०७९, १३ : ०३

प्रतिक्रिया