कृषि विकास बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सव मनाउँदै

शनिबार, ०७ माघ २०७९, ०८ : २९

काडमाडौँ – कृषि विकास बैक लि. ले  आफ्नो स्थापनाको ५६ औं वार्षिकोत्सव मनाउन भएको छ । आगामी २०७९/१०/०७ गते  ५६औँ वार्षिकोत्सव मनाउन लागेको हो । 
बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीको अध्यक्षतामा   (२०७९/०९/१२) बैकको मुख्य कार्यालयमा बसेको बैठकले ५६ औँ वार्षिकोत्सव भव्य किसिमले मनाउने निर्णय गरेको हो । 

वार्षिकोत्सब भव्यताका साथ मनाउन नि.प्रमुख कार्यकारी अधिकृत सुबेदीको संयोजक्त्वमा ५६ औँ वार्षिकोत्सब मुल समारोह समिति तथा उपमहाप्रबन्धहरुको संयोजकत्वमा बिभिन्न  उपसमितिहरु गठन गरिएको छ ।

 बैठकमा बैकका उपमहाप्रबन्धहरु, बिभागीय प्रमुखहरु, बैकमा कृयाशील युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

शनिबार, ०७ माघ २०७९, ०८ : २९

प्रतिक्रिया