काठमाडौँ- प्राइम कमर्सियल बैङ्कका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका छन् ।
पुस २९ गते बसेको बैङ्कको सञ्चालक समितिको ४५९ औँ बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण लिएका हुन् ।
अध्यक्ष श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ ९२० बमोजिम बिहीबार आयोजित एक समारोहकाबीच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
राष्ट्र बैङ्कमा आयोजित उक्त समारोहमा डेपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा। गुणाकर भट्ट र प्राइम कमर्सियल बैङ्कका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतसमेतको उपस्थिति थियो ।
प्रतिक्रिया