दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट

१ बर्ष अगाडि

काठमाडौं-  बुधबार शेयरबजार खुलेको केही समयमा नै दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो ।

साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जभई समायोजित शेयर आजदेखि कारोबारमा आएको हो । त्यस्तै, सानिमा जिआइसीको पनि साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई कारोबार आएको हो ।

यो समाचार तयार पार्दासम्म सूर्यज्योति लाइफको शेयर ९.९९ प्रतिशत अर्थात् ३७.११ रुपैयाँले बढेर शेयरमूल्य ४०८ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै, सानिमा जिआइसीको शेयर ९.९९ प्रतिशत अर्थात् ४४.४० रुपैयाँले बढेर शेयरमूल्य ४८९ रुपैयाँ पुगेको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया