समृद्धि फाइनान्स  नोक्सानमा

बुधबार, ११ माघ २०७९, १३ : ५१

काठमाडौं-  समृद्धि फाइनान्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ७३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । 

गत वर्षको यसै अवधिमा कम्पनीले ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने ४९.४७५ ले बढेर ४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, कम्पनी यो त्रैमाससम्म आईपुग्दा ८ करोड २४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । 
 
गत वर्ष पनि कम्पनी ९६ लाख १७ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । पुससम्म यसले १ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समृद्धिको हाल चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १७ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा ३.०७५ बाट बढेर १३.९२५ पुगेको छ । पुससम्ममा कम्पनी प्रतिसेयर १८ रुपैयाँ ९० पैसा (वार्षिक) नोक्सानमा रहेको छ । 

बुधबार, ११ माघ २०७९, १३ : ५१

प्रतिक्रिया