म्याग्दीमा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर

विहीबार, १२ माघ २०७९, ०८ : ४८

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न आउने पर्यटकको सुविधाका लागि ग्लोबल आईएमई बैङ्कले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टर सञ्चालनमा आएसँगै बेनी नगरपालिका र मङ्गला गाउँपालिकाका बासिन्दासमेत लाभान्वित हुनेछन् । 

बुधबार तातोपानीमा ग्लोबल आईएमई बैङ्कको ६३औँ एक्सटेन्सन काउन्टरको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गरेका हुन्। काउन्टर सञ्चालनमा आएपछि कुण्डमा स्नान गर्न आउने पर्यटकलाई बैङ्किङ सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।  नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताए। ग्लोबल आईएमईका महेश सिलवालले सबै जिल्ला र व्यावसायिक केन्द्रमार्फत सर्वसाधारणलाई वित्तीय पहुँचमा राख्ने बैङ्कको लक्ष्य रहेको बताए।   

विहीबार, १२ माघ २०७९, ०८ : ४८

प्रतिक्रिया