प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त

१ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई पुनः ४ वर्षका लागि सिइओको जिम्मेवारी दिएको हो । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए ।

यसअघि सोही बैंकमा २ कार्यकाल सीईओ भएर काम गरेका शेरचनले यससँगै हालै सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको नेतृत्व थप चार वर्ष सम्हाल्नेछन् ।

प्रभुमा स्थापना कालदेखी सीईओ रहेका शेरचनसँग २ दशकको बैंकिङ अनुभव रहेको छ । गत पुष २७ गते सेञ्चुरी कमर्सियल बैंकलाई विलय गरे प्रश्चात सीईओको कार्यकाल थप भएको हो ।

१ बर्ष अगाडि

प्रतिक्रिया