मर्जर पश्चात् पनि सीइओमा  पुन नियुक्त भए शेरचन

१ बर्ष अगाडि

काठमाण्डौँ - समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । 

सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिन अघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । 

 उनी यस अघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । 

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाका अनुसार बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको बताए । 

शेरचनको कार्यकाल ४ वर्षको हुने छ । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए ।

सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गर्दा भएको सहमति अनुसार नै शेरचनलाई पुनः सीइओमा नियुक्त गरिएको सिटौलाले जानकारी दिए । 

१ बर्ष अगाडि

प्रतिक्रिया