मन्त्रीको मूल्यांकन गर्ने रिमाल को हुन्, विवादास्पद व्यापारीको सफ्टवेयर नै नक्कली

आइतबार, १२ फागुन २०७५, १३ : २९

काठमाडौँ – मन्त्रीलाई सचिवको र सचिवलाई मन्त्रीको सुराकी बनाएर प्रधामन्त्री केपी शर्मा ओलीले मर्यादाक्रम माथि चर्को खेलवाड गरेका छन् । पछिल्ला दिनमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रीको मूल्यांकन गरेको भन्दै सुझबुझपूर्ण तरिकाले एउटा तथ्यांक सार्वजनिक ग¥यो । चौतर्फी भाषण मात्रै गरेर हिड्ने तर वरको सिक्नको पर समेत नसार्ने विशेष क्षमता भएका ओलीका कारण सरकारको काम गर्ने शैली नै प्रभावकारी हुन सकेको छैन । ओलीको आफ्नै मूल्यांकन ऋणात्मक रहेको छ । 

ओली आफै कार्य सम्पादनमा असफल भएका छन् । उनले पास हुन समेत नसकेको अवस्थामा मन्त्रीहरुको हुर्मत लिने लक्ष्यका साथ प्रधानमन्त्री स्वयम्ले मूलांकन गरेको भनेर हल्ला चलाएका छन् । ओलीले भन्दा पनि भुइफुट्टा भूमिकामा रहेका तर आफूलाई सुपर प्राइमिनिस्टर ठानेको भन्दै पूर्व एमाले कोटाबाट नै चरम रुपमा आलोचित विष्णु रिमाल प्रवृत्तिले बनाएको गलत पूर्वाग्रही र ध्वंशात्मक तथ्यांकको रुपमा त्यसलाई लिएको छ । जानकार स्रोतहरुका अनुसार विष्णुृ रिमाल चौबिसै घण्टा के कसरी कमाउने भन्दा अरु कुरै गर्दैनन् । 

उनले प्रधानमन्त्रीलाई सघाउने काम गरेको दावी गर्दै जसरी भएपनि पैसा कमाऊ र ओली गुटको रक्षा गर भन्दा अरु केही पनि गर्न छाडेका छन् । उनै रिमाल मार्काले जानीबुझीकन पूर्व माओवादी केन्द्र निकटका मन्त्रीको कार्यसम्पादनक कमजोर रहेको तथ्यांक योजनावद्ध तवरले सार्वजनिक गराएका छन् ।

स्वतन्त्र रुपमा मूल्यांकन गर्ने हो भने पूर्व एमालेका भन्दा पूर्व माओवादी केन्द्र निकटका मन्त्रीले चलाएको मन्त्रालयको भूमिका र प्रभावकारीता महत्वपूर्ण र दीर्घकालीन प्रभाव पार्ने खालको छ । पूर्व एमाले निकटका मन्त्रीहरु काम भन्दा पनि हल्ला गर्न सिपालु छन् । 

उनीहरुले कालोलाई सेता र सेतोलाई कालो बनाउन असाध्यै सिपालु समेत रहेका छन् । उनीहरु काममा भन्दा पनि हल्लामा विश्वास गर्छन् । तर पूर्व माओवादी केन्द्र निकटका मन्त्रीहरु काम गरेपनि खुसुखुुसु गर्ने हल्ला नगर्ने विशेष स्वभाव रहेको सिंहदरबामा चर्चा हुने गरेको छ । कमाऊ धन्दामा पूर्व एमाले समूहका नेता तथा मन्त्री मात्रै नभई माओवादी केन्द्र निकटका नेताहरु तथा मन्त्री समेत लापिरेका छन् । कमाउने प्रतिस्पर्धामा पूर्व माओवादी भन्दा पूर्व एमालेका मन्त्रीको भूमिका बढी रहेको जानकार स्रोतको भनाइ छ ।  

रिमाल समूहले जानी बुझीकन मन्त्रीको क्षमता नभएको, राम्रो काम नभएको भन्दै हुर्मत लिन थालेको छ । मन्त्रालयका सचिव तथा उच्च पदस्थ कर्मचारीलाई बोलाएर मन्त्रीको पछाडि सुराकी खटाउने काममा रिमाल लागेका छन् । ठेक्का पट्टामा हात हाल्ने, मन्त्रीको हुर्मत लिने काममा नियमित जसो नै लागेका छन् । उनको तथाकथित मूल्यांकन संयन्त्रले मन्त्रीलाई सबैभन्दा नराम्रा पात्र प्रधामनन्त्री मात्रै राम्रो भन्ने देखाएको छ । जुनसरासर गलत रहेको छ ।

 रिमाल आफूलाई इन्जिनीयर भएको दावी गर्छन् । उनकै लागि विवादास्पद व्यापारी एवम् इ सेवाका मालिका असगर अलिले बनाएको माइते सफ्टवेयरको प्रयोग गरेर माओवादी मात्रै नभई पूर्व एमाले भित्रका मन्त्रीका मन्त्रीलाई समेत असाध्यै खराब र कामै नलाग्ने देखाइएको छ । 

दैनिक जसो भाषण मात्रै गर्ने, समृद्धिको गफ दिने मात्रै काम गर्दै आएका ओली चाही सफल मन्त्री चाही असफल गर्ने जुन दृष्टिकोण र मूल्यांकन पद्धती अंगीकार गरिएको छ । सो कार्य चाही शतप्रतिशत गलत रहेको बताइन्छ । राजनीतिक नियुक्तिमा झा चाहिने, कार्यकर्ता झापा  चाहिने, नीति योजना कार्यक्रम केवल झापाका लागि चाहिने, अर्थमन्त्री झापाका तर सरकार डुबउन महत्वपूर्ण र सक्रिय भूमिका खेलेका उनलाई चाही मूल्यांकनमा उत्कृष्ट अंक पाउने तर अरुका लागि भने सबै फेल भन्दै गलत प्रचार गर्ने रिमाल र उनका केही मतियारको मूल्याकनलाई स्वीकार गर्न नसकिने एक पूर्व एमाले निकटका मन्त्रीको भनाइ छ । ती मन्त्रीले भने प्रधानमन्त्रीले भनेको भए स्वीकार गर्न सकिन्थ्यो, तर आफूलाई सुपर प्रधानमन्त्री बन्दै हिडेका रिमालको मूल्याकन आफूलाई स्वीकार्य नभएको ती मन्त्रीको भनाइ छ । 
 

आइतबार, १२ फागुन २०७५, १३ : २९

प्रतिक्रिया