गणपति लघुवित्तको सिइओमा नियुक्त भए विष्णु प्रसाद ढकाल

१ बर्ष अगाडि

काठमाडौँ - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विष्णु प्रसाद ढकाल नियुक्त भएका छन् ।

सस्थाको माघ १२ गते बसेको संचालक समितिको बैठकले संस्थामा कार्यरत कायम मुकायम प्रमुख कार्यकारी अधिकृत ढकाललाई माघ १५ गतेदेखि लागू हुनेगरी सिइओ पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको हो ।

साथै नियुक्त सिइओ ढकाललाई सोही मितिदेखि नै लागू हुनेगरी कम्पनी सचिवको समेत जिम्मेवारीमा निरन्तरता दिइने बताइएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया