ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह : ग्लोबल आइएमई बैंक

१ बर्ष अगाडि

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह गरेको छ ।  

साविकको बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई दुबै बैंकमा खाता भई एउटै मोबाईल नम्बरबाट मोबाईल बैंकिङ सेवा लिइ रहेका ग्राहकलाई बैंकले हाल ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ सेवा सुचारु गराउन अनुरोध गरेको छ ।

ग्राहकले संचालन गरि राखेका २ मध्य १ बचत खाता आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गएर बन्द गरी मोबाईल नम्बर अद्याबधिक गराई पुनः मोबाईल सेवा सुचारु गर्न अनुरोध गरेको हो ।
 


 

१ बर्ष अगाडि

प्रतिक्रिया