लाभांश प्रस्ताव गर्दै उपकार लघुवित्त, कति प्रतिशत ?

आइतबार, १५ माघ २०७९, १२ : ४०

काठमाडौँ-  उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि  लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 


प्रस्तावित लाभांशमा ६१.७५ प्रतिशतले हुन आउने ४ करोड ५ लाख २३ हजार २०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशतले हुन आउने २१ लाख ३२ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

 

आइतबार, १५ माघ २०७९, १२ : ४०

प्रतिक्रिया