फरवार्ड माइक्रोफाइनान्सद्धारा आफ्ना शेयरधनीहरको खातामा लाभांश जम्मा

आइतबार, १५ माघ २०७९, १३ : २९

काठमाडौं-  फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरको खातामा लाभांश जम्मा गरिदिएको छ ।

संस्थाले गत पुष ३० गते सम्पन्न भएको १०औं साधारण सभाबाट पारित भएको ५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।

साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा बैंकले नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गरिदिएको हो ।

साथै सभाबाट पारित भएको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएपश्चात् सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने संस्थाले जनाएको छ ।

 

आइतबार, १५ माघ २०७९, १३ : २९

प्रतिक्रिया