काठमाडौँ –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरबाट बाहिर निकालिने भएको छ ।
धुम्वाराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको भनिए पनि सुधार नभएको बताइएको छ । गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो । ८२ वर्षीय अधिकारीको छातीमा समस्या देखिएपछि आईसीयुमा उपचाररत थिए ।
भरतमोहनका सम्धी कृष्ण प्रसाद आचार्यले भने, ‘उहाँलाई भेन्टिलेटरमा राखेको धेरै दिन भएकाले आजै बाहिर निकाल्ने तयारी छ । तर, उहाँको स्वास्थ्य अवस्था एकदमै गम्भीर छ ।’
प्रतिक्रिया