तस्बिर : रासस
म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रु एक करोडको लागतमा निर्माण भएको ‘मङ्गला इन्द्रेणी उद्यान’ । मङ्गला–२,बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ ।
प्रतिक्रिया