दुई लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

१ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम जीवन विकास लघुवित्तको शेयरमूल्य १५६६ रुपैयाँका आधारमा नेप्सेले १४.२८५ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य १३७० रुपैयाँ २६ पैसा कायम गरेको छ ।

त्यस्तै, एनएमबि लघुवित्तको ५६० रुपैयाँका आधारमा नेप्सेले १० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ५०९ रुपैयाँ ९ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार यी दुवै संस्थाको कारोबार खुल्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया