कामना सेवा विकास बैंकद्धारा लाभांश घोषणा

आइतबार, १९ चैत्र २०७९, १० : ४७

काठमाडौं-  कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ४.४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

आइतबार, १९ चैत्र २०७९, १० : ४७

प्रतिक्रिया