नबिल म्युचुअल फन्डका इकाइहरु जारी गरिदै

आइतबार, १९ चैत्र २०७९, १३ : ५१

काठमाडौँ - नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआई ३१’ म्युचुअल फन्डका इकाइहरु जारी गरिने भएको छ। 

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले यो योजनाका इकाइहरु निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएको हो। 

 सेबोनले अनुमति दिएमा यो योजनाका १५ करोड रुपैयाँबराबरको इकाइहरु बिक्री खुला गरिनेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १ करोड ५० लाख इकाइ जारी गरिनेछ। 

यो बन्दमुखी योजना हो। यसको कोष प्रवर्द्धकमा नबिल बैंक रहेको छ। 

 

आइतबार, १९ चैत्र २०७९, १३ : ५१

प्रतिक्रिया