राष्ट्र बैंकले माग्यो सुझाव /लघुवित्त संस्थाहरुमा देखिएका समस्या समाधान गर्न

आइतबार, १९ चैत्र २०७९, १६ : ४१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुमा देखिएका समस्या समाधान गर्न चाल्नुपर्ने कदमहरुका बारेमा सुझाव पठाउन सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ। 

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज एक सूचना प्रकाशित गरी सुझाव माग गरेको हो। 

राष्ट्र बैंक सञ्चालक समितिको निर्णयबमोजिम आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोकत्वमा लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र समाधानका उपायहरुको विषयमा अध्ययन गर्न समिति गठन भएको छ। समितिले अध्ययन कार्य पनि प्रारम्भ गरिसकेको छ। 

यसै सन्दर्भमा यस विषयसँग सरोकार राख्ने सम्पूर्णले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्नुपर्ने कदमका बारेमा ई–मेल [email protected] मा सुझाव पठाउन राष्ट्र बैंकले आग्रह गरेको छ। सुझाव आउँदो वैशाख २० गतेभित्र पठाउन आग्रह गरिएको छ। 

आइतबार, १९ चैत्र २०७९, १६ : ४१

प्रतिक्रिया