राष्ट्र बैंकद्वारा ‘एकीकृत परिपत्र-२०७९’ जारी, समेटिए चैत ८ सम्मका निर्देशनहरु

सोमबार, २० चैत्र २०७९, १७ : ५५

काठमाडौँ - नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ जारी गरेको छ।

राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७८ तथा सोपश्चात २०७९ चैत ८ गतेसम्म जारी गरिएका परिपत्र तथा सूचना संग्रहित गरी एकीकृत परिपत्र २०७९ जारी गरेको हो। 

 जारी गरिएको एकीकृत परिपत्रबमोजिम नै गर्न गराउन राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायहरुलाई निर्देशन दिएको छ। 

 

सोमबार, २० चैत्र २०७९, १७ : ५५

प्रतिक्रिया