सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा  एनएमबि क्यापिटल

मंगलबार, २१ चैत्र २०७९, १३ : ०६

काठमाडौं-  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

 कम्पनीले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्न शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी एक आपसमा मर्ज बनेको नयाँ कम्पनी ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’को शेयर नेप्सेमा सूचीकृत भई सो सम्बन्धी सम्पूर्ण कार्य गर्न एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगाएतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ ।

मंगलबार, २१ चैत्र २०७९, १३ : ०६

प्रतिक्रिया