प्राइम लाइफले डाक्यो विशेष साधारण सभा / के के छन् त एजेन्डा ?

मंगलबार, २१ चैत्र २०७९, १४ : ०८

काठमाडौँ- प्राइम लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले बैशाख ६ गते अग्रवाल सेवा केन्द्र कमलपोखरीमा, बिहान १०ः३० बजेसभा बोलाएको हो ।

सभाले प्राइम लाइफ, युनियन लाइफ, र गुराँस लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्नेरगाभिने मर्जर सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ । तीन कम्पनीबीच एक आपसमा गाभिएपश्चात हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

चलरअचल सम्पती तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा तीन वटै कम्पनीको शेयर अनुपात १ः१ः१ कायम गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ । तीन कम्पनी गाभिए पश्चात बन्ने नया कम्पनीको केन्द्रिय कार्यालय काठमाडौ महानगरपालिका वडा नं. १ मा रहेनेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २८ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

मंगलबार, २१ चैत्र २०७९, १४ : ०८

प्रतिक्रिया