तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुँदै /को को हुँदैछन् सहभागी

मंगलबार, २१ चैत्र २०७९, १६ : ५९

काठमाडौँ- नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि. र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा प्रत्येक ५र५ वर्षमा राष्ट्रिय सहकारी महासम्मेलन हुँदै आएको छ ।
 
 यसै सन्दर्भमा यस वर्ष  चैत २३ देखि २५ गतेसम्म होटेल याक एण्ड यतिमा सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने थिमकासाथ हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको कम्पनीले जनाएको छ ।

दक्षिण एसियाका अरू देशहरूमध्ये राष्ट्रको विकास प्रकृयामा नेपालको सहकारी अभियानको प्रभाव महत्वपूर्ण रहदै आएकोले यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्व दिइरहेका छन् । जसका कारण अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्र र नेडाकको बैठक समेत महासम्मेलनको अवसर पारेर काठमाडौमा नै आयोजना हुँदै छ ।उक्त महासम्मेलनको उद्घाटन मिति २०७९ चैत २३ गते २ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' गर्ने छन् भने समापन मिति २०७९ चैत २५ गते पूर्व प्रधानमन्त्री  केपी शर्मा ओलीले गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी  साथै अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल खार्को  त्यसैगरी अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपाल सिंह यादव, अल चाइना फेडरेसन अफ सप्लाई एण्ड मार्केटिंग कोअपरिभ लि.का उपाध्यक्ष काई नहोंग, नेशनल एग्रिकल्चर को अपरिटिभ फेडरेशन, दक्षिण कोरिया उपाध्यक्ष जे सिक लि. जापानिज कन्जुका कोअपरेटिभ युनियनका उपाध्यक्ष सितोसे अराई, नेडाकका अध्यक्ष तथा आइएस एमडी पंकज कुमार वन्स्याल समेत महासम्मेलनमा सहभागी हुने छ । महासम्मेलनमा करीब १ हजार जनाको सहभागीता रहने छ ।

महासम्मेलनमा ११ वटा विषयमा व्यापक छलफल हुनेछन् । जसमा पूर्व अर्थमन्त्री, मन्त्रीहरू, पूर्व गर्भनर, सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहने छ । महासम्मेलनमा अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरूको पनि महत्वपूर्ण प्रस्तुति रहेको छ । ७३ लाख भन्दा बढी सदस्यहरू आवद्ध रहेको नेपाली सहकारी अभियानमा ५६ प्रतिशत महिला सदस्य रहेका छन् र १ लाख भन्दा वढी जनाले प्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरिरहेको नेपालको सबैभन्दा वृहद संजाल विस्तार भएको सहकारी क्षेत्रको योगदानहरूलाई संस्थागत गर्दै वर्तमान वित्तीय प्रणालीमा देखिएको संकटका मुद्दाहरूको संवोधन गर्नुका साथै महासम्मेलनले सन् २०३० सम्मका लागि अभियानको स्पष्ट रणनीतिक गन्तव्य तय गर्नेछ ।


 

मंगलबार, २१ चैत्र २०७९, १६ : ५९

प्रतिक्रिया