सन नेपाल लाईफद्धारा मृत्यु दाबि भुक्तानी

बुधबार, २२ चैत्र २०७९, १० : ५३

काठमाडौं-  सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बीरगंज शाखाले बीमितको परिवारलाई मृत्यु दाबि बापतको रकम भुक्तानी गरेको हो ।

गरुडा नगरपालिका ९ बस्ने स्व। बीमित ईद महमद मियाको मृत्यु भएकोमा निजको श्रीमती सकिमा खातुनलाई कम्पनीले बीमा दाबी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

मृत्यु दाबीको चेक कम्पनीका बरिष्ठ मार्केटिङ म्यानेजर ओम प्रकाश रौनियारले हस्तान्तरण गरेका हुन् । सो हस्तान्तरण कार्यक्रममा निज मृतकको आमा, दाइ, छोरा तथा कम्पनीका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

बुधबार, २२ चैत्र २०७९, १० : ५३

प्रतिक्रिया