युनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारणसभा सम्पन्न

विहीबार, २३ चैत्र २०७९, १४ : १३

काठमाडौँ-  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ९औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

 कम्पनीको कार्यालय हेरिटेज प्लाजामा भर्चुअल माध्यमबाट भएको सधारणसभाले सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गरेको छ । 


साधारणसभाले गत आर्थिक वर्ष २०७८र०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर ९कर बाहेक० तथा ०।३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश पारित गरेको हो । 

त्यसैगरी सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९÷०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ । 

साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले यस्तो आर्थिक मन्त्रीमा भर्चुअल माध्यमबाट साधारणसभा गरी कम्पनीको खर्च कटौति गरेकोमा सञचालक समितिलाई विशेष धन्यवाद दिएका थिए । 

आधा दर्जन भन्दा बढी सेयरधनीहरुले सभामा आफ्नो भनाई राखेका थिए । सभाले बोल्न सेयरधनीहरुले लाभांश दिएकोमा धन्यवाद दिँदै अगामी आर्थिक वर्षहरुमा लाभांश बढाउन आग्रह सेमत गरेका छन् । बोनस सेयर प्रयोजनका लागि चैत ९ गते कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहनेछ ।

विहीबार, २३ चैत्र २०७९, १४ : १३

प्रतिक्रिया