काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सो सभा बैशाख १८ गते बिहान ११ः३० बजे होटल क्लासिक सिमरामा हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८।७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८.५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिृक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन, सहित असार मसान्तसम्मको हिसाब, नाफा नोक्सान, वासलात लगायतको विषयमा छलफल गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि २०८० बैशाख ८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसकारण बैशाख ७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् भने साभामा भाग लिन समेत योग्य हुनेछन् ।
प्रतिक्रिया