सिद्धार्थ बैंकद्वारा Global Money Week 2023 भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

शुक्रबार, २४ चैत्र २०७९, १२ : १८

काठमाडौं-  सिद्धार्थ बैंक लिमिटेडले Global Money Week 2023 को विषय वस्तु 'Plan Your Money, Plant Your Future' लाई सार्थक बनाउने उद्देश्यका साथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो जसमा “बैंकमा बचत गर्नुका फाइदाहरु" शीर्षकमा भिडियो बनाई। अधिकतम मनपराईएका तिन प्रतियोगिहरुलाई क्रमश रु.२०,००० रु.२०,००० रु.१०,००० नगद पुरस्कारको व्यवस्था गरेको थियो ।

उक्त प्रतियोगिताका विजेताहरुलाई आज सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ । विजेताहरुलाई बैंकका प्रमुख डिजिटल मार्केटिङ्ग श्री अनन्त श्रेष्ठ ज्यूले पुरस्कार हस्तान्तरण गर्नुभएको हो। उहाँले सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना प्रदान गर्न मद्दत पुग्ने भएकोले आगामी दिनहरुमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिदै जाने कुरा पनि व्यक्त गर्नुभयो ।

यसै गरी बैंकले Global Money Week 2023 के अवसरमा आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सात दिन दैनिक क्विज प्रतियोगिता पनि आयोजना गरेको थियो। यसका साथै बैंकले देशका सातै प्रदेशमा ९८ विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु पनि आयोजना गरेको थियो जसमा २,११८ जना महिला र २०७२ जना पुरुष गरी कुल ४,१९० जनाको प्रतक्ष्य सहभागिता रहेको थियो ।

 

शुक्रबार, २४ चैत्र २०७९, १२ : १८

प्रतिक्रिया