काठमाडौँ – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज गर्ने भएको छ ।
आइतबार संस्थाले वार्षिक साधारण सभा बुटबलको होटल न्यू ईरामा बिहान ११ बजेदेखि सुरु गर्न लागेको संस्थाले जनाएको छ ।
संस्थाको अनुसार सभामा गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८९५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुदैछ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल गर्दै पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखेको छ । सभा प्रयोजनका लागिकम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो ।
प्रतिक्रिया