आँखुखोला जलविद्युत कम्पनी र गणेश हिमाल हाइड्रोपावरबीच  सम्झौता

आइतबार, २६ चैत्र २०७९, १३ : १४

काठमाडौँ- आँखुखोला जलविद्युत कम्पनीले आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। 


गणेश हिमाल हाइड्रोपावरले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनामा आँखुखोला जलविद्युत कम्पनीले ६० प्रतिशत लगानी गर्ने निर्णय गरेको छ। यसम्बन्धमा आँखुखोला जलविद्युत कम्पनी र गणेश हिमाल हाइड्रोपावरबीच गत चैत २४ गते सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ। 

उक्त आयोजना २० मेगावाट क्षमताको हो। आँखुखोला जलविद्युत कम्पनीले आयोजनामा आवश्यक लगानीको स्रोत व्यवस्थापन गरी कम्तीमा ६० प्रतिशत लगानी गर्नेछ। 

 

आइतबार, २६ चैत्र २०७९, १३ : १४

प्रतिक्रिया