मुलुकभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, २६ चैत्र २०७९, १४ : ५६

काठमाडौँ - नेपाल बैंक लिमिटेडको ग्लोबल मनी विक अन्र्तगत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले आफ्ना शाखामार्फत देशका विभिन्न ठाँउमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो । ग्लोबल मनी विक २०२३को मुख्य नारा 'प्लान योर मनी, प्लान फर योर फ्युचर 'भन्ने विषयवस्तुमा केन्द्रित भई युवावर्गमा वित्तीय साक्षरता सम्बन्धति कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रम अन्र्तगत स्कुल तथा कलेजमा आधुनिक बैंकिङ, बचत, लगानी, ऋण, विद्युतीय बैंकिङ सेवा र यसमा अपनाउनुपर्ने सावधानी समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त  लिंक कतै नखोल्न ,संवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरीका आफ्नो शाखा सञ्चाल र डिजिटल प्लेटफर्मबाट वित्तीय कारोबार, सोको सदुप्रयोगिता सम्बन्धमा आधारभुत ज्ञान प्रदान गर्दै नागरिक चेतना जगाई निरन्तर रुपमा बैंकले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरिरहेको छ । बैंकले सातै प्रदेश अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम अगाडस् बढाएको हो ।

 नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।
 

आइतबार, २६ चैत्र २०७९, १४ : ५६

प्रतिक्रिया