ब्रोकर नं. ३४को  शाखा विस्तार

सोमबार, २७ चैत्र २०७९, १२ : ००

काठमाडौँ- भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) ले पहिलोपटक उपत्यकाभित्र शाखा विस्तार गर्ने भएको छ। 

भिजनले ललितपुर महानगरपालिका–२० कुमारीपाटीमा शाखा विस्तार गर्न लागेको हो। कुमारीपाटी शाखाको उद्घाटन भोलि मंगलबार गरिने भिजनले जनाएको छ। 


कुमारीपाटी शाखाको उद्घाटन ललितपुर महानगपालिकाका मेयर चिरीबाबु महर्जनले गर्नेछन्। उद्घाटन कार्यक्रम दिउँसो १ बजे राखिएको छ। 

 

सोमबार, २७ चैत्र २०७९, १२ : ००

प्रतिक्रिया