राष्ट्र बैंकद्धारा फागुन मसान्तसम्मको देशको आर्थिक अवस्थाको वित्तीय तथ्याङ्क सार्वजनिक

मंगलबार, २८ चैत्र २०७९, १६ : ३३

काठमाडौं-  नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक अवस्थाको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । 

सार्वजनिक विवरणअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा रहेको थियो ।

मंगलबार, २८ चैत्र २०७९, १६ : ३३

प्रतिक्रिया