दुई कम्पनीको सेयरमूल्य समायोजन

१० महिना अगाडि

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि दुई जीवन बीमा कम्पनीको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले नेसनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ। सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता नेसनल लाइफको ६०१.६७ रुपैयाँ र ४२८.०५ रुपैयाँ कायम गरेको छ।

यसअघिको अन्तिम कारोबार मूल्य अनुसार नेसनल लाइफको ६४९.८० रुपैयाँ र प्रभु लाइफको ४७० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार सेयर कारोबारमा आउनेछन्। 

आर्थिक वर्ष २०७८–७९का लागि नेसनल लाइफले ८ प्रतिशत र आर्थिक वर्ष २०७७–७८का लागि प्रभु लाइफले ९.८० प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन्। प्रस्तावित लाभांश नेसनल लाइफको यही जेठ २२ गते हुने वार्षिक साधारणसभा र प्रभु लाइफको यही जेठ २६ गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेसनल लाइफले आज र प्रभु लाइफ भोलि बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो जेठ १० गतेसम्म कायम सेयरधनीहरुले यी दुवै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

 

१० महिना अगाडि

प्रतिक्रिया