प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

१० महिना अगाडि

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।

सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक आज बिहान ११ः०० बजे सुरु हुनेछ । 

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले आज पनि छलफल जारी रहने भएको हो । 

१० महिना अगाडि

प्रतिक्रिया