शेयरबजारलाई सीमित व्यक्तिहरुले मात्रै फाइदा लिने माध्यमको रुपमा लिन नहुने :अर्थमन्त्री महत

१० महिना अगाडि

काठमाडौं-  अर्थमन्त्री डा. प्रकाश शरण महतले शेयरबजारलाई सीमित व्यक्तिहरुले मात्रै फाइदा लिने माध्यमको रुपमा लिन नहुने बताएका छन् । नेपाल धितोपत्र बोड (सेबोन) को ३१औं वार्षिकोत्वसको अवसरमा बोल्दै अर्थमन्त्री महतले शेयरबजारमा केही हाबी भएका व्यक्तिले मात्रै पुँजीलाभ लिने अवस्था रहेको बताएका हुन् ।

आम लगानीकर्ताहरुले केही रकम बैंकमा राख्ने र केही पुँजीबजारमा लगानी गर्ने बताउँदै लगानीकर्ताको लगानी सुरक्षित गराउने जिम्मेवारी बोर्डको हुने अर्थमन्त्री महतले बताए । उनले भने, ‘पुँजीबजारलाई अब प्रतिस्पर्धाको रुपमा लैजानुपर्छ, र धितोपत्र बोर्डले समेत अब शेयरबजारलाई प्रतिस्पर्धात्मक बनाउने नीति लिनुपर्छ ।’

साथै अर्थमन्त्री महतले शेयरबजारलाई स्वस्थ्य र बजार विस्तार गर्नमा जोड दिने बताए । सीमित ब्यक्तिको चलखेल हुने, इन्साइडर ट्रेडिङ जस्ता कुरालाई हटाएर अर्थतन्त्र पुर्नरुत्थानका लागि पुँजीबजारलाई बलियो नीतिको रुपमा लिने बताए ।

१० महिना अगाडि

प्रतिक्रिया