देशको बैदेशिक व्यापार घाटामा दोहोरो सुधार

१० महिना अगाडि

काठमाडौं-  चालु आवको १० महिनामा देशको वैदेशिक व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको १० महिनाको वित्तीय विवरण अनुसार आयात देशको बैदेशिक व्यापार घाटामा दोहोरो सुधार देखिएको हो ।

विवरण अनुसार आयात १६.८ प्रतिशतले घटाउन सफल भएको छ । त्यस्तै निर्यात समेत २४.५ प्रतिशतले घट्न पुगेको देखिएको छ । आज प्रकाशित विवरण अनुसार १० महिनामा कूल वस्तु निर्यातमा २४.५ प्रतिशतले गिरावट आई एक खर्ब ३० अर्बको निर्यात भएको छ । भारततर्फको निर्यात ३३।६ प्रतिशतले घटेको छ ।

त्यस्तै, आयात १६.८ प्रतिशतले घटेर १३ खर्ब ६५ अर्बको वस्तु तथा सेवा आयात भएको छ । सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, कागज, रसायनिक मल, सुन, स्पोन्ज आइरन लगायतका बस्तुको आयात बढेको छ भने सवारी साधन, बिलेट, औषधी र अन्य दुरसञ्चार सामानहरुको आयात घटेको छ ।

१० महिना अगाडि

प्रतिक्रिया