बिमस्टेकको छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग मन्त्री भारत प्रस्थान

आइतबार, २८ जेठ २०८०, १६ : ४१

काठमाडौँ- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)  को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदैछ । नेपालमा लगानी भित्र्याउने तथा ब्यापार प्रवर्दन लगायतका बिषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो । तिन दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने छन् ।

आइतबार, २८ जेठ २०८०, १६ : ४१

प्रतिक्रिया