काठमाडौँ - रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ जेठ ३० गते मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार मंगलबार दिउँसो ४ बजे आफ्नै कार्यालयमा बाँडफाँड हुने भएको हो ।
कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६५ हजार ५२६ जनाले १ करोड २७ लाख ६१ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारणको लागि छुटाइएको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको १९.८२ गुणा बढी हो । माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा ६४ हजार ३६६ जनाले मात्र १०/१० कित्ताका दरले सेयर प्राप्त गर्ने छन् । जसमा ७ जना आवेदकले थप १ का दरले ११ कित्ता पाउनेछन् । बाँकी ११ लाख आवेदकको भने हात खाली हुने देखिएको छ ।
कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो।कम्पनीले स्थानीयले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणका लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर जारी गर्न लागेको हो। यसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता सेयर छुट्याइएको छ। बाँकी ६ लाख ४३ हजार ६६७ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था थियो।
प्रतिक्रिया