त्रिभुवन विश्वविद्यालयद्धारा जारी जरुरी सुचना

मंगलबार, ३० जेठ २०८०, ११ : २६

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालयले पूर्ण रूपले एक आपसमा गाभिई समायोजन (merge) हुन चाहने सम्बन्धन प्रदत्त क्याम्पसहरूलाई अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।

उक्त सुचनामा नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्ण रूपले एक आपसमा गाभिई समायोजन (merge) हुन चाहेमा ती क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई २०८० आषाढ मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सम्बन्धित सबै इच्छुक क्याम्पसहरूलाई सूचित गरिन्छ । समायोजन बापत कुनै शुल्क लाग्ने छैन । निवेदनसाथ निम्न कागजातहरूको प्रतिलिपि पेस गर्नुपर्ने छ । (१) दुबै क्याम्पसको बेग्लाबेग्लै निवेदन (२) मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय (३) सम्बन्धन पत्रहरू (४) नवीकरण पत्रहरू (५) अक्षयकोषको रसिद चाहिने कुरा उल्लेख गरिएको छ । 

मंगलबार, ३० जेठ २०८०, ११ : २६

प्रतिक्रिया