सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

मंगलबार, ३० जेठ २०८०, १६ : ३१

काठमाडौँ-  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।


मंगलबार बसेको प्रदेशसभा बैठकले आगामी वर्षका लागि ल्याएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

गत २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

मंगलबार, ३० जेठ २०८०, १६ : ३१

प्रतिक्रिया