काठमाडौँ - एम.भी. दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकाको मेरिल्याण्ड राज्यसभाद्धारा कदर स्वरुप मिति २०८०/०२/०१ गते सम्मानित भएका छन् ।
उक्त सम्मान पाउने उनी पहिलो नेपाली हुन । विगत लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा उनले गरेको योगदानको लागि सम्मानित भएका हुन् । । दुगड़ परिवारको व्यावसायिक यात्रालाई अझ समृद्ध र सबल बनाउँदै एम.भी. दुगड़ ग्रुप अन्तर्गत दर्जनौं उद्योग, फर्म तथा कम्पनीहरु मार्फत नेपालको उद्योग तथा व्यवसायको उत्थानमा लागि रहनु भएका मोतीलाल दुगड़ एम.भी. दुगड़ ग्रुपको कार्यकारी अध्यक्ष हुन् ।
नेपालको बैंकिङ्ग, लाइफ इन्सुरेन्स, जेनरल इन्सुरेन्स, जलविद्युत, कमर्सियल गाडी, कृषि सम्बन्धि उपकरण, निर्माण उपकरण लगायत आयात तथा बेचविखन कार्य गरिरहेको यो समुह नेपालको एक चिरपरिचित व्यावसायिक समूह हो ।उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यहरुमा समेत संलग्न रहँदै विभिन्न संस्थाहरुमा पनि आवद्ध रहेका छन् ।
प्रतिक्रिया