काठमाडौँ – गत मंसिरमा भएको संसदीय निर्वाचनमा धुलिखेल नगरपालीकामा नगर प्रमुख अशोककुमार व्याञ्जुले चुनावी प्रचार प्रसारमा हिड्नको लागि प्रयोग गरेको गाडीभाडा नगरबाट भुक्तानी भएको देखिएको छ ।
नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला पार्टी अध्यक्ष समेत रहेका नगर प्रमुख व्याञ्जुले आफ्नो पार्टी प्रचार गर्नको लागी नगरपालीकाको ढुकुटी प्रयोग गरेको देखिएको हो । नगर प्रमुख व्याञ्जुले विभिन्न संस्थाको सवारी साधन प्रयोग गरी राज्यको ढुकुटीबाट लाखौं पैसा चलाउँदै आएका छन् ।
उनले नगरपालीकाको ढुकुटीबाट धुलिखेल होलिडे टुर्स एण्ड ट्राभल्सलाई ९७ हजार र १ लाख ६० हजार गरी २ लाख ५७ हजार, सिल्कवे होलिडेजलाई ८ हजार १ सय ९५ र गाडी भाडा तथा भाडा भनेर एस एस ट्रेडिङ एण्ड सप्लायर्सलाई ८१ हजार ३ सय ६० रुपैया भुक्तानी भएको देखिन्छ ।
नगरपालीकाले गाडी भाडामा लिएबापतको गरेको भुक्तानी

त्यस्तै नगर प्रमुख व्याञ्जुले १० महिनाको अवधिमा धुलिखेलका धेरै होटलहरुमा २७ लाख भन्दा बढि रकम खाना खाजाको लागि भुक्तनी गरेका छन् । नगरपालीकाको ढुकुटीमा खेल्न पल्केका उनले खाना खाजाको भुक्तनी भएका मध्ये पनि कुनै एकै दिनमा तथा कोहिलाई एउटै भौचारमा दूई पटक सम्म रकम तिरिएको देखिएको छ ।
यस्तो छ विभिन्न समयमा नगरपालीकाको ढुकुटीबाट तिरेको खाना खाजाको भुक्तनी
धुलिखेल लज प्रालिलाई २ लाख २६ हजार २२६, ट्वीइन्स किचेनलाई ४ लाख ७७ हजार १००, होटल सारथीमा दुई पटक गरेर १ लाख ७४ हजार ३०२, गाया होलिडेलाई १८ हजार ९ सय २७, अनुप रेष्टेरेन्टलाई ३ लाख ४६ हजार १ सय ७५, मेरीगोलड क्याफेलाई ९५ हजार ३८०, हेरिटेज होमलाई ३ लाख ७८२, श्रीकृष्ण भोजनालयलाई शिर्षक फरक, एउटै मिति तथा एउटै भौचर नम्बरमा ७३ हजार ३३२ र ६० हजार ५ सय ३४ रुपैया गरी १ लाख ३३ हजार ८६६, न्यू संजीवनी खाजा घरलाई १ लाख १० हजार ४५५, धुलिखेल बुटिक होटललाई १ लाख ८३ हजार ४०३, साईनो रेष्टुरेन्ट एण्ड गेष्टहाउसलाई ४२ हजार १८०, सारथी मार्टलाई तिरेको १ लाख ३३ हजार ६६२ र फुटकर समेत गरी २७ लाख भन्दा बढि होटल, खाना तथा खाजामा भुक्तानी भएको छ ।





निश्पक्ष छानविनको माग
धुलिखेल नगरपलिकाका उपप्रमुख निराजन जंगम सहित ६ जना वडा अध्यक्षले नगरका प्रमुख व्याञ्जु समक्ष विभिन्न समयमा भएको खर्चहरुको बारेमा निश्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।
उनीहरुले धुलिखेल नगरपलिकामा आब २०७९/०८० मा विभिन्न शिर्षकमा भएका खर्चहरु पारदर्शी नभएको भन्दै गत बैशाख सम्म विभिन्न शिर्षकमा भएका खर्चहरुको बारेमा निश्पक्ष छानविन हुनुपर्ने मागपत्र प्रस्तुत गरेका छन् ।
धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, वडाअध्यक्षहरु १ नंका सन्तबहादुर तामाङ, ४ नं का उत्तम तिमल्सिना, ६ का संजय कोजु, ८ का विनोद गौतम, ९ का बद्रिप्रसाद हुमागाई र १० का गोविन्द प्रसाद उपाध्यायले नगरप्रमुख अशोककुमार व्याञ्जुलाई नगरमा भएका अनियमित खर्चहरुका बारेमा निश्पक्ष छानविनको माग गरेका हुन ।
उनीहरुले २०७९/८० मा भएका नगरका खर्चहरु अनियमित भएको आशंका भएकोले स्वतन्त्र नागरिक सहितको निश्पक्ष छानविन समितिको माग गर्दै सत्यतथ्य ल्याउन माग गरेको छ ।
त्यस्तै गाडी मर्मतको नाममा २५ लाख २५ हजार ३१९, सवारी साधन भाडा ३ लाख ४६ हजार, ५५५, कार्यालय प्रयोजनको लागि इन्धन ३२ लाख ५८ हजार ७७८, होटल तथा रिसोर्ट खर्च २७ लाख ६३ हजार ३०७ खर्च गरेकोले उक्त खर्च रकम उचित नभएको, धुलिखेल साना किसान सहकारी संस्थामार्फत दुग्ध उत्पादन किसानलाई दिने अनुदानमा कुन्सित मनसाय राखि हुँदै नभएको कृषकहरुको विवरण बनाई प्रदेशमा पेश गर्दा अनुदान रकम प्राप्त नभई बास्तविक किसान मर्कामा परेकोले झुट्टा विवराण पेश गरी किसानलाई मर्कामा पार्ने संस्थाको खारेजी तथा त्यस संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई यथासिघ्र कार्वाहि प्रकृया अगाडी बढाउनुपर्ने समेत माग गरेका छन् ।
साथै प्रत्येक महिना नगरवाट भएका हर हिसाव खर्चको विवरण कार्यपालिकामा प्रस्तु गरी अनुमोदन हुनुपर्ने माग गरेको छ ।

आजको अर्थले नगर प्रमुख अशोककुमार व्याञ्जुसंग यस खर्चको विवरण माग गर्न सम्पर्का गर्दा उनी सम्पर्कमा आएका छैन्न ।


प्रतिक्रिया