विना सूचना पत्रिका प्रकाशन बन्द गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

शुक्रबार, ०१ असार २०८०, १४ : ०७

काठमाडौँ- राजधानी न्युज पब्लिकेसन प्रालिद्वारा प्रकाशित राजधानी दैनिक विना सूचना पत्रिका प्रकाशन बन्द गरेकोप्रति नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रिका बन्द गरेर व्यवस्थापन पक्षले कार्यरत श्रमजीवी पत्रकाररकर्मचारीलाई राजिनामा दिन एवं विदामा बस्न दबाव दिएको प्रति पनि प्रतिष्ठान शाखाको ध्यानाकर्षण भएको छ ।

२०८० जेठ २६ गते देखि सम्पूर्ण प्रकाशन बन्द रहेको र पत्रिका छपाईका लागि कागज किन्ने विषयमा सञ्चालकहरुविच विवाद भएपछि पत्रिका प्रकाशन नभएको भनिएपनि औपचारिक रुपमा कुनै जानकारी नगराएको  संघले जनाएको छ ।

बिगत २३ वर्षदेखी प्रकाशन हुँदै आएको पत्रिका बन्द भएको विषयमा सामान्य सूचनासमेत प्रकाशन नगरी पाठकको सूचना पाउने हकको हनन गरिनु न्यायोचित होइन भन्ने प्रतिष्ठानको ठहर छ ।

व्यवस्थापनमा देखिएको किचलो चाँडो भन्दा चाँडो टुङ्ग्याएर तत्काल पत्रिका प्रकासन सुचारु गर्दै महासंघ र व्यवस्थापनविच भएको पूर्व सहमति अनुसार नियमित तलब उपलब्ध गराउन महासंघले जोडदार माग समेत गरेको छ ।

पत्रिका प्रकाशन अबरुद्ध भएकोप्रति महासंघ केन्द्र, प्रतिष्ठान शाखा, नेपाल सरकार मातहतका सञ्चार प्रतिष्ठानको नियमनकारी सबै निकायलाई समेत यस विषयलाई गम्भीर रुपमा लिनका लागि पनि यस तल उल्लेखित विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

शुक्रबार, ०१ असार २०८०, १४ : ०७

प्रतिक्रिया