कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत

विहीबार, ०७ असार २०८०, ०७ : ५५

काठमाडौं - कामना सेवा विकास बैकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता पूँजीको ४.४१ प्रतिशत अर्थात १३ लाख ८५ हजार ८७६ कित्ता बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा एटीएम मार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग सीआश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

विहीबार, ०७ असार २०८०, ०७ : ५५

प्रतिक्रिया