काठमाडौँ- एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको जेठ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष व्यवस्थापक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल रहेका एआईबिएल प्रगति फन्ड र एनआईबिएल समृद्धि फन्ड–२ को वित्तीय विवरण सार्वजनिक भएको हो। जेठमा यी दुवै योजनाको प्रतिइकाइ खुद मूल्य ९न्याभ० बढेको छ।
जेठमा प्रगति फन्डको न्याभ बढेर १०।२८ रुपैयाँ पुगेको छ। वैशाख न्याभ ९।५० रुपैयाँ थियो।
जेठमा यो योजनाको धितोपत्रमा लगानी बढेर ६२ करोड १७ लाख रुपैयाँ पुगेको छ। गत वैशाखसम्म धितोपत्रमा लगानी ५६ करोड ६२ लाख रुपैयाँमा सीमित थियो।
यो योजनाको जेठमा आय २ करोड ८ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा यो योजनाको व्यय ३ करोड ७८ लाख रुपैयाँ थियो।
जेठमा समृद्धि फन्ड–२को न्याभ बढेर ९ रुपैयाँ पुगेको छ। वैशाख न्याभ ८।४२ रुपैयाँ थियो।
जेठमा यो योजनाको धितोपत्रमा लगानी बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत वैशाखसम्म धितोपत्रमा लगानी १ अर्ब १३ करोड रुपैयाँमा सीमित थियो।
यो योजनाको जेठमा आय ६ करोड ६१ लाख रुपैयाँ रहेको छ। गत वैशाखमा यो योजनाको व्यय २ करोड १३ लाख रुपैयाँ थियो।
प्रतिक्रिया