काठमाडौँ- आज लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ यस वर्ष यो दिवसलाई विश्वभर "People First: Stop Stigma and Discrimination, Strengthen, Prevention " भन्ने अन्तर्राष्ट्रिय नारा लागू औषध दुरुपयोग विरुद्धको ऐक्यवद्धता स् व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धताू भन्ने राष्ट्रिय नाराका साथ मनाइदैछ । यस कार्यक्रमबाट विगतका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडि वढ्न मार्ग निर्देश गर्नेछ भन्ने विश्वास लिएको छु ।
विश्व व्यापी रुपमा गम्भीर समस्याको रुपमा रही आएको लागु औषधको प्रयोग नेपालमा पनि समस्याको रुपमा देखा पर्दै गएको छ । गाँजा, चरेस, अफिम, हिरोइन जस्ता निषेधित पदार्थ र कोडिन बुप्रेनरफिन डाइजेपाम लगायत तोकिएका नियन्त्रित पदार्थलाई लागु औषध भनिन्छ ।
विभिन्न तथ्याङ्कहरुवाट लागू औषधको प्रयोगकर्ता वढ्नु अपराधको दर बढ्दै जानु, लागू औषधको अवैध कारोवार वढ्नु चिन्ताजनक स्थिति रहेको छ ।
लागू औषध सेवनकर्ता २० वर्ष देखि २९ वर्षको उमेर समूहको संख्या वढी प्रभावित भएको देखिन्छ ।
विकासका सम्वाहक र भविष्यका उत्पादनशिल युवा जनशक्ति नै दूर्वयसनमा फस्दा व्यक्ति स्वंय, परिवार, समाज र राष्ट्रको लागि हानिकारक हुन्छ नै यसवाट समृद्ध राट्र निर्माणको राष्ट्रिय लक्ष्य प्राप्तिमा समेत वाधा पुग्नका साथै स्वस्थ, सभ्य अपराधमुक्त समुन्नत समाज निर्माण गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न चुनौती सिर्जना गरेको छ ।
लागु औषध नियन्त्रणको प्रमुख निकाय गृह मन्त्रालय हो । अन्य सरकारी निकाय र विभिन्न संघ संस्थाहरुवाट समन्वय र सहकार्य भएको छ ।
सर्वसाधारण जनताको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राखको लागि लागु औषधको खेती, उत्पादन, निर्माण, खरिद विक्री, सन्चय, ओसार पसार, सेवन तथा निकासी पैठारी समेतमा नियन्त्रण गर्न गृह मन्त्रालयले लागु औषध (नियन्त्रण) ऐन २०३३ जारी गरेको छ ।
प्रतिक्रिया